FAQs Complain Problems

वडा न १

गौमुल गाउँपालिकाको माथिल्लो भागमा रहेको वडा न. १ मा जम्मा 227 घरधुरी अन्तर्गत 1608 जनसङ्खयाको बसोबास रहेको छ ।जसमध्य 812 पुरुष र 796 महिला रहेका छन् ।यस वडामा 141 परिवार रोकाया, 57 परिवार बोहरा, 12 परिवार चँदारा, ८ परिवार सार्की, ७ परिवार ल्वार र 2 परिवार बि.क रहेका छन् ।

यस वडाका ८८.79% पुरुष र 85.30% महिलाहरु साक्षार रहेका छन् ।यस वडाका 85 घरधुरीले सोलार र 142 घरधुरीले बिजुली प्रयोग गर्ने गरेका छन् ।

यस वडाका अधिकंश जनताहरु कृषी पेशा अन्तर्गत भेडा बाख्रा पालन गर्ने गरेका छन् ।यस क्षेत्रमा पर्याप्त जमिन भएतापनी खेतियोग्य जमिन भने पर्याप्त नरहेको र सिचार्इको पनि ब्यवस्था नभएकाले पशुपालन र बैदेशीक रोजगारी नै यो वडाका बासिन्दाहरुको मुख्य पेशा रहेको छ।

वडा पदाधिकारी

देब बहादुर रोकाया
वडा अध्यक्ष
९८६८४७५४५५
सुर्य रोकाया
वडा सदस्य
९८६०७०१०७०
मैना चदारा
वडा सदस्य
९८६९१५४६६८
सिता रोकाया
वडा सदस्य
९८६८५७५४५०
फुगे रोकाया
वडा सदस्य
९८६०५३६७७८