FAQs Complain Problems

गौमुल गाउँपालिकामा आलु चिप्स उत्पादन शुरु ।

गौमुल गाउँपालिकामा आलु चिप्स बनाउने तालिम सम्म्पन भएको छ । गौमुल गाउँ पालिकाको आयोजना र ग्रामीण जलस्रोत परियोजनाको आर्थिक सहयोगमा सो तालिम सम्पन्न भएको हो । बिकासको हिसाबमा जिल्लाको उत्कृष्ट गाउँ पालिका मानीदै आएको गौमुलमा नयाँ कामको थालनिले गाउँमा स्वरोजगार र यसले आर्थिक रुपमा अगाडी बढ्ने गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाले बताए । गौमुल गाउँपालीका वडा न १ का युवा हरु लाई रोजगार दिन का लागि र आलु पकेट छेत्र रहेको वडा न १ अन्दाडिको आलु लाई सदुपयो गर्न तालिमको आयोजना गरेको ग्रामिण जलश्रोत परियोजनाले बताएको छ । त्यहाँको आलु हरेक बर्ष त्यत्तीकै खेर जान थालेपछी अन्द्राडीका स्थानियलाई आलु चिप्स उत्पादन सिपमुलक तालिमको आयोजना गरिएको गौमुल गाउँपालिका कृर्षी शाखा प्रमुख रमेश बि क ले बताए । धेरै आलु उत्पादन हुन्छन् तर बजारीकरणको कमिले गर्दा आलुको सदुपयोग भएको थिएन । आलु लाई सदुपयोग गर्ना का साथै त्यहा का युवा हरु लाई रोजगारि दिन को लागि आलु चिप्स तालिम दिए को र युवा हरु बिदेश जानू भन्दा स्वदेशमा नै रोजगारि दिने हिसाबले यो तालीम को आयोजना गरे को बिकले बताएका छ्न ।
अहिले वडा न १ अन्द्राडीबाट सुरुवात गरेर बिस्तारै सबै वडा सुरुवात गर्ने योजना गाउँपालिका को रहे को अध्यक्ष हरी रोकायाले बताए ।
अब क्रमिक रुपमा स्थानिय उत्पादनलाई बढावा दिई जनतालाई आत्मनिर्भर बनाउने र हामी सग भएको स्थानिय उत्पादनलाई नै सदुपयोग गर्ने तरिका थाहा छैन अब बिस्तारै पालिकाले सबैलाई ब्यवसायिक बनाउने गरि तालिम र साधान उपलब्धका कार्यक्रममा सहयोग गर्दे लैजाने कुरामा लाग्ने अध्यक्ष रोकायाको भनाई रहेको छ ।
हामी ठुला उधोग चलाउन सक्ने सार्मथ्य नहुन सक्छ तर यी र यस्ता स साना उधोग हरु हरेक ठाउँमा चलाउन सक्छौ । हरेक पालिकाले एक एक उत्पादनमा लागौ र बस्तु बिनिमय गरि जिल्ला नै आत्मनिर्भर बनाउँ भन्ने मुल उदेश्यका साथ सबै पालिकाले लाग्नुपर्ने अध्यक्ष रोकायाले बताए ।

आर्थिक वर्ष: