FAQs Complain Problems

वडा न २

गौमुल गाउँपालिकाको माथिल्लो भागमा रहेको वडा न. २ मा जम्मा ३१० घरधुरी अन्तर्गत 1९९३ जनसङ्खयाको बसोबास रहेको छ ।जसमध्य ९९७ पुरुष र १०१६ महिला रहेका छन् ।यस वडामा 1५४ परिवार रोकाया, ४८ परिवार बोहरा, ४९ परिवार धामी, २७ परिवार सार्की, ११ परिवार चदारा, १० परिवार बि.क, ६ ल्वार र ५ बुढा रहेका छन् ।

यस वडाका ८५.९८% पुरुष र 8४.०३% महिलाहरु साक्षार रहेका छन् ।यस वडाका 25 घरधुरीले सोलार र 243 घरधुरीले बिजुली प्रयोग गर्ने गरेका छन् भने 42% जनताले मट्टितेल प्रयोग गर्ने गरेका छन् ।

यस वडाका अधिकंश जनताहरु कृषी पेशा अन्तर्गत भेडा, बाख्रा, गार्इ तथा गोरु पालन गर्ने गरेका छन् ।यस क्षेत्रमा पर्याप्त जमिन भएतापनी खेतियोग्य जमिन भने पर्याप्त नरहेको र सिचार्इको पनि ब्यवस्था नभएकाले पशुपालन र बैदेशीक रोजगारी तथा आंशिक रुपमा फलफुल खेती नै यो वडाका बासिन्दाहरुको मुख्य पेशा रहेको छ।

वडा पदाधिकारी

देब बहादुर रोकाया
वडा अध्यक्ष
९८६८१६०५५९
गिता रोकाया
वडा सदस्य
९८६५८४३५५१
जवा सार्की
वडा सदस्य
९८६५६३६८१२
देव बहादुर बोहरा
वडा सदस्य
९७४२४०७४४१
प्रेम बहादुर रोकाया
वडा सदस्य
९८६८५८९३१३