मुख्य समाचार
देशका लागी दुइ दिन कार्यक्रम ।
देशका लागी दुइ दिन कार्यक्रम अन्तर्गत घर घरमा स्वास्थ्य परिक्षण
गौमुल गाउँपालिकाको तेस्रो गाउँ सभाबाट पारित गरेको देशका लागी दुर्इ दिन कार्यक्रम अन्तर्गत गौमुल गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट धरम कुमार बुढाले २०७५ साल चैत्र २ गते शनिवारका दिन गौमुल गाउँपालिका अन्तर्गत वडा नं ६ सटेडा गाउँमा गर्इ घर घरमा स्वास्थ्य परिक्षण तथा परामर्श सेवा उपलब्ध गराउनु भएको छ। गाउँमा रहेका बृद्ध बृद्धाहरुलार्इ घर घरमै पुगेर समुदायमा लुकेर रहेका रोग र रोगीहरु पत्ता लगाउने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बतार्इएको छ ।
उक्त कार्यक्रममा गौमुल सटेडा का १५ जना बृद्ध बृद्धाहरु को स्वास्थ्य परीक्षण गरीयो जस मध्य २ जना मा उच्च रक्तचाप रहेको र ५ जनामा हाड जोर्नि सम्बन्धि रोग पत्ता लगाइ सामान्य उपचार का साथ स्वास्थ्य संस्था को पहुँचमा आउन प्रोत्साहित गरियो र बाँकीको अवस्था सामान्य रहेको बताएका छन् । गौमुल गाउँपालिका वडा न ६मा बसोबास गर्ने बृदा आमा बुवालार्इ अस्पताल जान कठिनाई भएकाले घरमै स्वास्थ्य परिक्षण गराउन पाउदा एकदमै खुशि भएका छन । देशका लागि दुइ दिन कार्यक्रमलाई प्रभाबकारि बनाउन गौमुल गाउँपालिका स्वास्थ्य शाखा ले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलार्इ निरन्तरता दिने गाउँपालिकाका निमित्त स्वास्थ्य शाखा प्रमुख धरम कुमार बुढाले बताउनु भएको छ। साथै ५वटा स्वास्थ्य संस्था मा कार्यरत स्वास्थ्यकर्मीहरुले समेत आफनो कार्यक्षेत्र अन्तर्गत देशकालागी २ दिन कार्यक्रम विस्तार गरेमा गौमुल वासीहरु स्वास्थ र निरोगी हुने आशा ब्यक्त गरेका छन ।